तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाट नगरले अति विपन्नलाई निःशुल्क धारा जडान गरिदिने 

नवलपरासी । बर्दघाट नगरपालिकाले नगरभित्रका अति विपन्न घरधुरीलाई निःशुल्क धारा जडान गरिदिने भएको छ ।बर्दघाट खानेपानी को  खानेपानीको सप्ताहव्यापी कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले शुद्ध खानेपानी बाट वञ्चित अति विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिदिने घोषणा गर्नु भएको हो ।

“शुद्ध पानी पिउने सबै नागरिकको अधिकार हो,धारा जडान गर्न नसक्नेहरूलाई वडाको सिफारिसको आधारमा धारा जडानको खर्च नगरले बेहोर्छ” श्रेष्ठले भन्नू भयो । बर्दघाट नगरपालिकामा सञ्चालित थुप्रै खानेपानी आयोजनाले प्रती घर धारा जडानका लागि ६ हजार देखि १० हजार सम्म शुल्क लिँदै आएका छन् ।

दैनिक ज्यालादारी,मजदुरी गरिखाने विपन्न समुदायलाई पिउने पानी बाट वञ्चित नगराउने उद्देश्यले उक्त रकम नगरपालिकाले बेहोर्ने श्रेष्ठले बताउनु भयो ।नगरपालिकाले अहिले एक घर एक धारा जडान अभियान सञ्चालन गरेको छ ।धारा जडान गर्न नसक्नेहरू विभिन्न क्षेत्रका केही  नागरिकले अहिले  पनि आर्सेनिक युक्त पानी पिउन बाध्य छन् ।पश्चिम् नवलपरासीका ७ वटा स्थानीय तहका हजारौँ नागरिकहरू अझै पनि शुद्ध पिउने पानी बाट वञ्चित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button