तपाईँ सुन्दै हुनुहुन्छः

देश विकासका लागि शिक्षाको विकास जरुरी : राज्यमन्त्री यादव

सुनसरी । शैक्षिक क्षेत्र देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले बताउनुभएको छ ।

सुनसरीको इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगर भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देश विकासका लागि शिक्षाको विकास आवश्यक रहेकोमा जोड दिनुभयो ।

राज्यमन्त्री यादवले आफू सबै विपन्न लगायत पिछडिएको क्षेत्रमा शिक्षाको पहुँच पुर्‍याउन र गुणस्तरीय शिक्षाको पक्षमा कटिबद्ध भई लागिपरेको बताउनुभयो ।

आफू पूर्व शिक्षक समेत रहेको स्मरण गर्नुहुँदै उहाँले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, विद्यालयका कर्मचारी तथा राहत शिक्षकको समस्या सम्बोधनमा पहल र प्रयास गर्ने बताउनुभयो ।

कार्यक्रम जनता समाजवादी पार्टी नेपालका इनरुवा नगरपालिका समिति उपाध्यक्ष गोपाल यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button