तपाईँ सुन्दै हुनुहुन्छः

कर्णेल उजिरसिंह पाल्पा गोल्डकपको उपाधि रोड्स रामपुर चितवनलाई

पाल्पा । पाल्पामा जेठ १५ गतेबाट सुरु भएको कर्णेल उजिरसिंह पाल्पा गोल्डकप उपाधि रोड्स रामपुर चितवनले जितेको छ ।

आज तानसेन टुँडिखेल मैदानमा सम्पन्न फाइनल खेलमा होराइजन फुटबल क्लब स्याङ्जालाई २-० गोलले पराजित गर्दै उपाधि रोड्स रामपुर चितवनले जितेको हो । विजेता चितवनले नगद तीन लाख र पाल्पाली करुवा पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता स्याङ्जाले १ लाख ५० हजारमा चित्त बुझायो ।

फाइनल खेलको पहिलो हाफको तेस्रो मिनेटमै रोड्स रामपुर चितवनका बिक्की चाम्लिङ राइले गोल गरे । दोस्रो हाफको चौथो मिनेटमा पेनाल्टी मार्फत पुनः चितवनका बिक्की चाम्लिङ राइले नै गोल गरि टिमलाई जिताए ।

खेलमा स्याङ्जा र चितवन दुवै टोलीले धेरै पटक पोस्टमा प्रहार गरे पनि गोलमा परिणत हुन सकेन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button