तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर भण्डारी पोखरामा सम्मानित

कास्की । पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (सम्बा) लाई नगद २५ हजारसहित सम्मान गरेको छ ।

२६ वर्षअघि लमजुङमा जन्मनुभएकी सावित्रा भण्डारीले २०७० सालबाट राष्ट्रिय टिममा डेब्यु गर्नु भएको थियो । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उहाँ देशको प्रतिनिधित्व गदै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभएको थियो । त्यसयता हालसम्म उहाँले देशको प्रतिनिधित्व गदै एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएको छ । त्यही योगदानको कदर स्वरूप भण्डारीलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताउनुभयो ।

भण्डारीले आफ्नो फुटबल अभ्यासको कठोर सङ्घर्षमय अतीत सम्झँदै असम्भव केही नभएको र भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने बताउनुभयो ।

मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबारदेखि प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ६६ समूहको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button