तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

बाँके । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यवसायीकरण गर्ने, स्थानीय उत्पादनका सामग्रीको ब्रान्डिङ गर्ने तथा साना प्रशोधन उद्योग स्थापना गरेर स्थानीय स्तरमा रोजगारी सृजना लगायतका विषयलाई प्राथमिकता दिइएको छ ।

प्रदेशवासीको आवश्यकता बमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन वृद्धि गर्दै जीवन स्तरमा दिगो सुधार एवम् उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन केन्द्रित हुने गरी कार्यक्रम चलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button