सीमावर्ती बजार अनुगमन,सटर बन्द गरेर व्यवसायीको भागाभाग
नवलपरासी।पश्चिम नवलपरासीमा सीमावर्ती क्षेत्रको बजारमा बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको सीमावर्ती क्षेत्र महेशपुरको बजारमा अनुगमन गरेको हो ।
बजार अनुगमन टोली अनमनमा जाँदा व्यवासयीहरु एका एक सटर बन्द गरेर भागाभाग भएका हुन । अनुगमन टोली देखि व्यवासयीहरु त्रसित भएर सटर बन्द गरी भगेको अनुगमन समितिले जनाएको छ ।
जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको सीमावर्ती क्षेत्र महेशपुरको बजारमा अनुगमन गरिएको हो । बजार अनुगमनमा जाँदा अनुगमनको क्रममा सीमावर्ती क्षेत्र महेशपुर बजारको पसलहरूले अनुमति लिए पनि तर उक्त पसलहरूले विभिन्न प्रकृति चिज बस्तुका समानहरू बिक्री वितरण गरेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको उद्योग अधिकृत गंगाधर पाण्डेयले जानकारी दिनु भयो ।
किराना पसल दर्ता गरेर अनुमति लिएको तर सुर्तीजन्य पदार्थ, मसला , फोटो कापीको कारोबार गरेको भेटिएको पाण्डेयले बताउनु भयो । उहाँका अनुसार अधिकांश पसलहरू दर्ता रहेको तर अनुगमन क्रममा फर्म नियमानुसार नवीकरण गर्नुपर्ने तर उक्त फर्महरूले नवीकरण नगरेको छन् । उक्त फर्महरूलाई नवीकरण गरी मात्र कारोबार गर्न निर्देशन दिइएको पाण्डेयले बताउनु भयो ।
सम्बन्धित निकायमा स्क्रेप सप्लायर्सको दर्ता गरी उद्देश्य कवाडी सामान खरिद बिक्री राखी कारोबार गर्ने भनी उल्लेख गरी उक्त सञ्चालकले फोटोकपी गाडीभाडाको कारोबार गरेको अनुगमनको क्रम भेटिएको कर सेवा कार्यालय परासीका कर अधिकृत विकल्प भट्टराईले जानकारी दिनु भयो ।
उहाँका अनुसार एउटा पसलले भ्याटमा दर्ता गरेको तर भ्याट खरिदबिक्री खातामा नचठाएको र उक्त पसल सञ्चालकलाई खाता अपडेट गर्न निर्देशन दिएको बताउनु भयो । एक मदिरा सप्लायर्सलाई बिलबिजक नराखेको भन्दै बिस हजार जरिवाना र पानी उद्योगलाई दुई हजार जरिवाना लागाईएको भट्टराईले बताउनु भयो ।
अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत संदिप लामिछाने ,कर सेवा परासीको अधिकृत विकल्प भट्टराई,घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधर पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्