तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : बजेटमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि  आज पनि छलफल जारी छ  

बैठकमा सांसदहरुले बजेटले समाजवादको प्रारम्भिक मोडल प्रस्तुत भएकाले कार्यान्वयनमा सरकारको विशेष ध्यान जानुपर्ने बताउनभयो ।  

सांसदहरु विनोद चौधरी, पृथ्वी सुब्बा गुरुङ, पूर्णबहादुर घर्ती, रवि लामिछाने, राजेन्द्रप्रसाद लिङ्गदेनलगायतले बजेट प्रगतिशील नभएको, बजेटले  निजी क्षेत्रलाई समेट्न नसकेको, शिक्षा स्वास्थ्य क्षेत्रलाई सम्बोधन नगरेको र बजेटले एकात्मक राज्य प्रणालीको झल्को दिएका विचार व्यक्त गर्नुभयो । 

बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रम र बजेटबिचमा तालमेल हुन नसकेको, कर वृद्धि दर र  राजस्व वृद्धिदर एउटै भएको भन्दै प्रश्न उठाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button