तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजनाको अवस्था गम्भीर

कालिकोट। कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् । ​कालिकोटको रास्कोट नगरपालिका-२ सेरामा बिहान ग.३.ज. ४६१० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

घटनामा परी रास्कोट-१ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भएको छ ।चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो । घाइते रिता सिंह शाहीको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button