राष्ट्रियसभा बैठक : आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल

काठमाडौँ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल सुरु भएको छ ।
छलफलमा भाग दिँदै सांसदहरुले बजेट वक्तव्य अनुसार यसको कार्यान्वयनका लागि सरकार सचेत हुनुपर्ने बताउनुभयो ।
सांसदहरुले सरकारले लिएका विकास निर्माणका कार्यक्रमहरूलाई व्यवहारिक कार्यान्वयन गर्न सहयोग पुग्ने नीति लिनुपर्ने बताउनुभयो ।

सङ्घीयताको अवलम्बन, दिगो विकास लक्ष्य, राजस्व, लगानीको वातावरण बनाउने जस्ता कार्यहरूमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सभामा बजेटमाथिको सामान्य छलफल आगामी बैठकमा समेत जारी रहने छ ।
यसअघि, शून्य समयमा सांसदहरुले कर बढ्दै गरेको सूचना बाहिर ल्याउनेलाई कारबाही गर्न, संसदीय मर्यादा कायम हुन नसकेको, सडक दुर्घटना, गौरबको आयोजना र अलपत्र सडक निर्माणका विषयमा ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले महँगी बढेको, जनप्रतिनिधिप्रति जनआक्रोश बढ्दै गएको प्रति सभाको ध्यानाकर्षण गराउनुभयो ।
सभाको अर्को बैठक भोलि १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्