तपाईँ सुन्दै हुनुहुन्छः

राप्तिसोनारी गाउँपालिकाद्वारा अनुदानमा कृषि उपकरण वितरण

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले ५० लाख रुपैयाँको कृषि उपकरण स्थानीय कृषकहरूलाई वितरण गरेको छ । कृषकहरूलाई कृषि उत्पादन बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले पालिकाले ५० प्रतिशत अनुदानमा वडा नम्बर ३ मा ६० वटा उपकरण वितरण गरिएको हो ।

पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी गाउँपालिकाले कृषिलाई प्राथमिकता राखेको हुनाले कृषकको मागअनुसारका कृषि उपकरणहरू अनुदानमा वितरण गरिएको बताउनुभयो ।

वडा नम्बर ३ का अध्यक्ष मीन कुमार थारुले वडा नम्बर ३ मा २० हर्स पावरको १० वटा पावर टिलर, ३ हर्स पावरको ३० वटा मोटर र १६ लिटर क्षमता भएको २० वटा स्प्रे ट्याङ्की वितरण गरिएको जानकारी दिनुभयो । राप्ती सोनारी गाउँपालिकाको सहयोगमा सञ्चालित भुवर भवानी धान बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button