तपाईँ सुन्दै हुनुहुन्छः

गर्मीका कारण कोहलपुरका सामुदायिक र संस्थागत विद्यालयहरू बन्द

बाँके । केही दिन यता अत्यधिक गर्मी बढेपछि कोहलपुरका सामुदायिक र संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएको छ । भोलि २२ गते देखि २४ गते सम्मका लागि विद्यालय बन्द गर्न लागिएको हो । 

अत्यधिक गर्मीका कारण बालबालिकाहरू प्रभावित हुने गरेका छन् । विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरूमा वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने ,जस्ता समस्या देखिन थालेका कारणले बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गदै विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा अधिकृत रबीलाल मिजारले सूचना मार्फत जानकारी दिनुभएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button