फेवातालको सिमसार क्षेत्र पुर्ने कार्य तत्काल रोक्न उच्चको अन्तरिम आदेश
कास्की । फेवातालको सिमसार क्षेत्र पुर्ने काम तत्काल रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ । उच्चले विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको छ ।

अधिवक्ता मनोज घर्ती मगरले उत्प्रेषण र परमादेश जारी गर्न माग गर्दै उच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री सुरेन्द्र पाण्डे, गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पोखरा र मन्त्री दीपेन्द्रबहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरण प्रमुख कल्पना देवकोटा, पोखरा महानगरपालिकाको कार्यालय र नगरप्रमुख धनराज आचार्य समेतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उच्चका मुख्य कायम मुकायम न्यायाधीश डिल्लीराम आचार्यको एकल इजलासले कारण देखाऊ र अन्तरिम आदेश जारी गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्