तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको सचिवालय बैठक शुक्रबार

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ ।

उहाँका अनुसार समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button