तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलिदेखि हुन लागेको भारत भ्रमणबारे छलफल भएको छ ।

file photo

बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल भएको जानकारी दिनुहुँदै प्रधानमन्त्री भारतबाट फर्केपछि मात्रै संसदमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल सुरु गर्ने कुराकानी भएको बताउनुभयो ।

मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा नागरिकता विधेयकबारे विषय प्रवेश मात्र भएको जानकारी दिनुहुँदै राष्ट्रपतिबाट कानून बमोजिम प्रमाणीकरण हुने अपेक्षा सरकारको रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button