तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले  प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

बागमती प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नु हुने जानकारी दिनुभएको थियो । आज दिउसो २ बजे प्रदेशसभामा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएकाले आजको बैठकमा प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन सभामुख पाठकले अनुरोध गर्नु भएको छ । 

प्रदेश सरकारले ११ वटा मन्त्रालयबाट प्राप्त विवरणलाई नीति तथा कार्यक्रममा समेटेर प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाइएको छ । नीति तथा कार्यक्रमका विषयलाई समेटेर आगामी आर्थिक वर्षको बजेट बनाउने प्रदेश सरकारले तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button