झापामा मिटरव्याजी विरुद्ध ९७ वटा उजुरी दर्ता

भद्रपुर, झापा । झापामा करिब एक महिनामा मिटरव्याजी विरुद्ध ९७ वटा उजुरी परेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार झापाले वैशाख १७ गते यता मिटरब्याजी विरुद्ध ९७ वटा उजुरी परेको हो ।
प्रशासनले वैशाख १७ गते मिटरव्याज पीडितहरूलाई उजुरी दिन सार्वजनिक सूचना जारी गरेको थियो ।
गृह मन्त्रालयले देशभरिका जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि मिटरब्याज पीडितहरूको उजुरी लिन वैशाख १७ गते १५ दिने म्याद राखेर सूचना प्रवाह गरेको र जेठ ७ गते फेरी सात दिनका निम्ति म्याद थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो ।
यसअघि, साउनमै पनि प्रशासनले मिटरव्याजीविरुद्ध उजुरी भए सप्रमाण उजुरी दिन आह्वान गरेको थियो । पहिलो पटक २४ वटा र पछिल्लो पटक ७३ वटा उजुरी परेको बताइएको छ ।
तीमध्ये १५ वटा उजुरीमाथि छानविन गरी किनारा लगाइएको र बाँकी उजुरीमाथि छानविन भइरहेको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार प्रशासनमा उजुरी आउने क्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्