३५ केजी चाँदीसहित ३ जना पक्राउ
सुनसरी । जिल्ला प्रहरी कार्यालय मोरङले सुन र चाँदी चोरीमा संलग्न रहेको आरोमा ३ जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

जेठ ३ गते विराटनगर महानगरपालिका–३ का जय किशोर चौधरीको घरमा चोरी भएको सूचना पाएसँगै प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी चोरी भएको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ३ जनालाई जेठ १० गते राती पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राज कुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेका छन् ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ३५ केजी चाँदीसहित भारतीय रुपैयाँ २ हजार ५ सय, नेपाली रुपैयाँ १ हजार ७ सय ३० र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्