तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज महानगरद्वारा सामुदायिक विद्यालयमा १ सय ६ स्वयंसेवक शिक्षकको माग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्वयंसेवक शिक्षक भर्ना गर्ने भएको छ । 

विद्यालयमा शिक्षक अभाव हुँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको भन्दै महानगरले सोमबार स्वयंसेवक शिक्षक भर्नाका लागि आवेदन आह्वान गरेको हो । विभिन्न विषयमा आधारभूत तह (६–८) का लागि १०६ जना स्वयंसेवक शिक्षक माग गरेको महानगरले माध्यमिक तहका लागि ७४ जना शिक्षक माग गरेको छ । 

आधारभूत तहमा नेपाली विषयको लागि २९ जना, अङ्ग्रेजी १५, गणित १८, विज्ञान २६, सामाजिक १० र कम्प्युटर विषयका लागि ८ जना स्वयंसेवक शिक्षक माग गरिएको छ । यस्तै माध्यमिक तहका लागि नेपाली विषयको १४ जना, अङ्ग्रेजी १०, गणित १३, विज्ञान १२, सामाजिक १०, स्वास्थ्य जनसङ्ख्या तथा वातावरण २, अर्थशास्त्र ४, लेखा २, गणित÷विज्ञान ५ र कम्प्युटर २ जना शिक्षक माग गरिएको छ । 

शैक्षिक योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेका जो कोही नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । वीरगञ्ज महानगरका लागि झण्डै ३ सय जना शिक्षक अभाव रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button