तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीका नवनियुक्त तीन मन्त्री र मुख्यन्यायाधिवक्ताको शपथग्रहण आज हुने

रुपन्देही । लुम्बिनी प्रदेशमा सोमबार नियुक्त भएका तीन मन्त्री र मुख्यन्यायाधिवक्ताको आज शपथ ग्रहण हुने भएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार दाङबाट निर्वाचित नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्य मन्त्री, रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्री र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त तथा यसअघि विना विभागीय मन्त्री बनेका दुई मन्त्रीको समेत कार्य विभाजन गर्नुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनका प्रेस सल्लाहकार गुनाराम घिमिरेले सोमबार ४ बजे नवनियुक्त मन्त्री तथा मुख्यन्यायाधिवक्ताको शपथग्रहण बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमै हुने जानकारी दिनुभयो ।

मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला, कांग्रेसका राजु खनाललाई स्वास्थ्य, लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी, नागरिक उन्मुक्तिका धर्मबहादुरलाई भौतिक पूर्वाधार विकास, जनमतका चन्द्रकेश गुप्तालाई सामाजिक विकास, लोसपाका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । 

यसअघि वैशाख १५ मा मन्त्री बन्नुभएका धनबहादुर मास्कीले केही दिनअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ भने उहाँसँगै मन्त्री बन्नुभएका सन्तोष पाण्डेयले आन्तरिक मामिला मन्त्री र धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आजै पाउनुभएको छ ।

मुख्यमन्त्री चौधरीले सोमबार नै वरिष्ठ अधिवक्ता डा. बुद्धबहादुर थापा क्षेत्रीलाई मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button