घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति
सल्यान। सल्यानको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका ३ का काले वि.कको एक तले फुसले छाएको घरमा बिहान आगलागी भएको थियो । घरमा एक्कासी विद्युतको तार सट भई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्थानीयको सहयोगमा घरमा लागेको आगो एक घण्टा पछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण आए पनि घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामाग्री पूर्ण रुपमा जल्दा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
आगलागी पीडित अहिले आफन्तको सरनमा बसी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्