तानसेन तम्घास बाइपास सडक जेठभरि बन्द हुने
पाल्पा।तानसेन–रिडी–तम्घास सडकखण्ड अन्तरगत होलाङ्गदी– ढुङ्गाखानी (बाइपास) खण्ड २७ दिन बन्द हुने भएको छ । उक्त सडक खण्डको माझखोलामा कजवे निर्माणका लागि गत शुक्रबारदेखि ज्येष्ठ ३२ गतेसम्म सडक बन्द हुने भएको हो।
सडक पूर्वाधार विकास कार्यालय पाल्पाका अनुसार उक्त स्थानमा डाइभर्सन निर्माणका लागि सवारी रोकेर काम गरिएको हो । कजवे निर्माण कार्य सुरु भएको हुँदा सवारी आवागमन बन्द गरिएको हो।
सवारी बन्द रहेको अवधिमा डुम्रे– कुसुमखोलाको वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यमा सहयोग गर्न कार्यालय प्रमुख अरुण गुप्ताद्वारा जारी सूचनामा उल्लेख छ।








प्रतिक्रिया राख्नुहोस्