तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा शहीद पा‌र्क निर्माण

बागलुङ । बागलुङ जिल्लाको ताराखोला  गाउँपालिका २ मा तत्कालीन माओवादी जनयुद्धमा जिवनोत्सर्ग गर्ने शहीदका नाममा शहीद पा‌र्क निर्माण गर्न थालिएको छ ।

ताराखोला  गाउँपालिका २ अर्गल डण्ठु गयारमा बन्ने शहीद पार्क संरचनाको काम र पूर्वाधार  निर्माणकार्य तीव्र गतिमा अगाडि बढेको वार्ड न २ का अध्यक्ष भद्र बहादुर घर्तीले बताउनुभयो  ।

डण्ठु गयार तत्कालीन जनयुद्धको समयमा माओवादी जनमुक्ति सेनाको तालिम गर्ने स्थान समेत रहेको थियो । सो स्थानमा ३ जना  जनमोर्चा समर्थकलाई तत्कालीन सेनाले २०५८ साल चैत्र महिनामा हत्या गरेको थियो । 

गण्डकी प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३८ लाख ४० हजार र पाँच लाख ६४ हजार नौ सय ९१ रुपैयाँ गरी  ४४ लाख चार हजार नौ सय ९१ रुपैयाँ प्राप्त भएको थियो । सो रकमबाट तीन सय पच्पन्न मिटर घेराबार जाली  र एकतीस वटा शालिक राख्ने स्थान निमार्ण गरेको पालिकाका इन्जिनियर हरि बहादुर रावलले जानकारी दिनुभयो ।

गत वर्ष पनि गण्डकी प्रदेश उद्योग पर्यटन ,वन तथा वातावरण मन्त्रालय बाट विनियोजित रकम ११ लाख १८ हजार तीन सय ४४ रुपियाँले प्रतीक्षालय, स्लेट ढुङ्गा लगाई बाटो, पोखरी र हरियालीको लागि वृक्षारोपण गरेको सामुदायिक वन उपभोक्ता समितिका सदस्य चरन घर्ती मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button