तपाईँ सुन्दै हुनुहुन्छः

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि एमालेले सहयोग गर्छ : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले वर्तमान समस्या समाधान नगर्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले अघि सारेको नीति तथा कार्यक्रम न नीति न कार्यक्रम रहेको बताउनुभयो । 

उहाँले नीति तथा कार्यक्रमप्रति सत्तापक्षीय सांसद तथा नेताहरू नै सन्तुष्ट हुन नसकेको बताउनुभयो । पछिल्लो समय व्यापार, व्यवसायलगायत सबै क्षेत्र अस्तव्यस्त रहेको भन्दै यसको समाधानका लागि कुनै बुँदामा बोल्न नसकेको बताउनुभयो । 

एक अर्को प्रसङ्गमा महासचिव पोखरेलले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीले स्पष्ट रुपमा धारणा सार्वजनिक गरेको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले दोषीलाई उन्मुक्ति र निर्दोषलाई सजाय हुन नहुने बताउनुभयो । 

पार्टीका सचिवलाई निलम्बन गरेको भन्नुहुँदै उहाँले घटनाको निष्पक्ष छानबिनका लागि पार्टीले सहयोग गर्ने समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button