गाउँपालिकामा सैतिस जनालाई नागरिकता
भोजपुर । आफ्नै गाउँपालिकामा नागरिकता पाउँदा भोजपुरको दक्षिण आमचोक गाउँपालिकाका नागरिक खुशी देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बनाउन नपाएका नागरिकले शनिबार आफ्नै पालिकामा नागरिकता पाएको आमचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले जानकारी दिनुभयो । आमचोक गाउँपालिकाका अपाङ्ग, वृद्धवृद्धा, दीर्घ रोगी गरी ३७ जनालाई नागरिकता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो ।
गाउँपालिकाको अनुरोधमा भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे नेतृत्वको टोलीले गाउँपालिकामा नै पुगेर नागरिकता वितरण गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्