‘शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखे मात्रै समृद्धि’
वीरगञ्ज । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर तयार गरिएको नीति तथा कार्यक्रमबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ ।
वीरगञ्ज पब्लिक कलेज (बिपीसी) मा आयोजित दीक्षान्त कार्यक्रममा नेता रिजालले वीरगञ्ज पब्लिक कलेजले वीरगञ्जको शैक्षिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गुणस्तरीय शिक्षासँगै रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो ।

कलेजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पट्टेल, मध्यपश्चिम विश्व विद्यालयका पूर्व उपकुलपति उपेन्द्र कोइराला, पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्