ऐतिहासिक संरचना निर्माणमा सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाका ऐतिहासिक संरचनाको संरक्षणका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
आज बिहान गोरखाको ऐतिहासिक धार्मिक स्थल गोरखनाथ र गोरखा कालिकाको स्थलगत अवलोकन क्रममा उहाँले पुनर्निर्माणको काम छिटो गरी सक्न निर्देशन दिनुभयो ।
कार्यक्रममा गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि प्रसाद भुषालले भएका कामहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले यस क्षेत्रको प्रचारप्रसार र संवर्द्धनका लागि गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा राखेर सम्बोधन र सहयोग गर्ने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्