तपाईँ सुन्दै हुनुहुन्छः

चरिकोटमा शनिवारबाट अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

दोलखा/ सदरमुकाम चरिकोटमा शनिवारबाट अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ । यस अघि चार पटक अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता भई सकेको दोलखामा यो पाँचाै शृङ्खला आदर्श नेता स्व. भीमबहादुर तमाङ्काे स्मृतिमा चेस होम दोलखाले आयोजना गर्न लागेको अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल च्याम्पियन भई सकेको १० जना खेलाडी सहित विभिन्न सात देशका दुई सय  खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठकाे भनाई छ । प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले ६० हजार र तृतीयले ४० हजार नगद पुरस्कार पाउने छन् । सबै विधामा गरि ४७ खेलाडी पुरस्कृत हुने र पुरस्कारमा मात्र झण्डै पाँच लाख खर्च हुने आयोजकले जनाएको छ ।

खेल सञ्चालन हुने पूर्व सन्ध्यामा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नु भएको छ । ट्रफी सार्वजनिक कार्यक्रम आयोजक चेस होम दोलखाको अध्यक्ष गोविन्द श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button