स्वास्थ्य केन्द्रमा आगजनी, १५ लाख बढीको क्षति
दैलेख । दैलेख दुल्लु नगरपालिका ७ बाहुन गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा आगजनी भएको छ ।
गएराति भएको आगजनीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ ।
गएराति स्वास्थ्य केन्द्रमा आगजनी भएको र राति नै आगो निभाइएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिनुभयो ।
स्वास्थ्य केन्द्रको एउटा कोठामा आगजनी भएको र उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । उहाँले कसले के कारणले आगजनी ग¥यो भन्नेबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्