आगलागी हुँदा एकै परिवारका चार जना घाइते
बारा । बारामा गएराती भएको आगलागीमा परी एकै परिवारका चार जना घाइते भएका छन् ।

आदर्श कोतवाल गाउँपालिका १ चुयटाहामा आइतबार राती भएको आगलागीमा परी बुवाआमा र दुई जना छोरा घाइते भएका हुन् । आगलागीबाट चार लाख १० हजार बराबरको क्षति भएको छ ।
लामखुट्टे धपाउन बालिएको धूपबाट सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोरा छोटु र तीन वर्षीय छोरा सन्दीप जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते चारै जनाको वीरगञ्जस्थित नारायण अस्पतालमा उपचार भइरहेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भीर रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्