एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ।
बिहीबारदेखि सुरु भएको एमालेको पाँचौँ केन्द्रीय कमिटीको बैठकबीच स्थायी कमिटीको बैठक सुरु भएको हो।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने विषयमा छलफल भइरहेको छ। स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केन्द्रीय कमिटीको बैठकमा पेस गरी पारित गरिने एमालेले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्