तपाईँ सुन्दै हुनुहुन्छः

बसको झ्यालबाट टाउको निकाल्दा एक जनाको मृत्यु

बारा । बसको झ्यालबाट टाउको निकाल्दा बाराको जीतपुरसिमरा २३ को भलुहीमा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान पौने सात बजे वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६. ख ९३६१ नं को बसमा सवार पर्साको कालिकामाई गाउँपालिका २ भेडियाहीका ५२ वर्षीय नागेन्द्र महतो नुनियालाई विपरीत दिशाबाट गइरहेको प्र.२–०३–००१.च.२४५२ न.को योद्धा पिकअपको हुटले छुँदा उनको मृत्यु भएको हो ।

नुनियाले झ्यालबाट टाउको निकालेको बेला पिकअपको हुटले छुँदा गम्भीर घाइते भई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी, बस चालक प्रहरीको नियन्त्रणमा रहेका र पिकअप चालक फरार भएकोले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button