तपाईँ सुन्दै हुनुहुन्छः

चुरोट तान्ने विषयमा विवाद, छतबाट लडेर एक जनाको मृत्यु

जनकपुरधाम । धनुषामा चुरोट तान्ने विषयमा विवाद हुँदा एक युवकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ७ का वर्ष २४ का मोहम्मद गुलाम मंसुर भन्ने रवानी मंसुरको छतबाट लडी घाइते भएकोमा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

प्रहरीले मृतकका चार जना साथीलाई नियन्त्रणमा लिई आज दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम ७, जानकी नगरका वर्ष २० का अनुज तिवारी, वर्ष २५ का जियाउल राइन, वडा नं ८ बस्ने वर्ष ३१ का राजकुमार साह र नगराइन नगरपालिका २ बस्ने वर्ष २१ का जितेन्द्र कुमार मण्डल रहेका छन् ।

धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाका अनुसार मृतक र पक्राउ परेका व्यक्तिहरू मङ्गलवार धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएका थिए । त्यही सिलसिलामा चुरोट तान्नका विवाद हुँदा उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button