तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार आरोप लागेकालाई निष्पक्ष छानबिनको दायरामा ल्याउनुपर्छ : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार आरोप लागेकालाई निष्पक्ष छानबिनको दायरामा ल्याउनुपर्ने  बताउनुभएको छ । 

ललितपुरको च्यासलमा जारी नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले भ्रष्टाचार आरोप लागेकालाई दृढतापूर्वक कारबाही हुनुपर्ने माग गर्नुभयो । 

अध्यक्ष ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुनसक्ने भन्दै गणतन्त्रमा भ्रष्टाचार हुन्छ राजतन्त्रमा हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो । 

जारी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रिय सदस्यहरूको कार्य विभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापन लगायतका १० वटा कार्यसूचीमाथि छलफल हुनेछ ।  

बैठक तीन दिनसम्म चल्ने नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button