आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्सका अध्यक्ष हेमराज ढकालद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई आज शपथ गराउनुभएको छ ।
अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडका सञ्चालन समितिका अध्यक्ष ढकाललाई शपथ गराउनुभएको हो ।
त्यस अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित हुनुहुन्थ्यो ।






प्रतिक्रिया राख्नुहोस्