तपाईँ सुन्दै हुनुहुन्छः

गरिब तथा विपन्न परिवारलाई घर हस्तान्तरण

भद्रपुर, झापा । झापाको झापा गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । 

झापा गाउँपालिका, सहारा नेपाल र ह्याविटाट फर ह्यूमानिटीको त्रिपक्षीय लगानीमा निर्माण भएको २३८ घर सोमबार एक समारोहका बीच समुदायलाई हस्तान्तरण गरिएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिनु भयो ।

गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, सहारा नेपालका कार्यकारी प्रमुख गिरी र ह्याविटाटकी राष्ट्रिय निर्देशक एलिजा स्थापितले घरको साँचो हस्तान्तरण गर्नुभयो ।

नागरिकको मौलिक हकको रुपमा रहेको आवासको हक पूरा गर्न तीनै निकायको सहकार्यमा न्यून आय भएका र बस्न योग्य घर नभएका परिवारको छनोट गरी घर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष शाहले बताउनु भयो ।

झापा गाउँपालिका विपद्का हिसाबले पनि ठूलो जोखिममा रहेको भन्दै दातृ निकायले सो पालिकामा समुदायको आवास निर्माणमा सहयोग गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button