तपाईँ सुन्दै हुनुहुन्छः

सांसद रमेशजंग रायमाझीले प्रयोग गर्नुभएको असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो

काठमाडौं । राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले प्रयोग गर्नुभएको असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।
राष्ट्रिय सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सासंद् भैरबसुन्दर श्रेष्ठले सासंद् रायमाझीले वैशाख २४ गतेको बैठकमा बोलेको शब्दमाथि आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुनः सुन्ने र निर्णय लिने बताउनुभएको थियो ।

आजको बैठकको सुरुमा अध्यक्ष तिमिल्सिनाले सांसद रायमाझीले बोलेको शब्द राष्ट्रियसभा नियमावली,२०७५ को नियम २१ मा भएको व्वस्थासंग मेल नखाने भन्दै रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले संसद्मा बोल्दा विगतका अभ्यासलाई मध्यनजर गर्दै शिष्ट र मर्यादित शब्द प्रयोग गर्न पनि सांसद्हरुलाई आग्रह गर्नुभयो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार भएको भन्दै राष्ट्रिय सभाको वैशाख २४ गतेको बैठकमा नेपाली काँग्रेसका सांसद रायमाझीले असंसदीय शब्द प्रयोग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button