भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने जघन्य अपराधमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नु भएको छ ।
बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले शान्ती सुरक्षा काय गराउने गृह प्रशासन नै भुटानी शरणार्थी बनाउने प्रकरण मुछिएको भन्दै ठगीमा संलग्नलाई कडा भन्दा कडा सजायको माग गर्नु भयो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर लैजाने प्रकरणमा ठूला नेता नै संलग्न भएको खुल्न आएकाले दोषीलाई जोगाउन तर्फ कोही पनि लाग्नु नहुनेमा पनि सांसदहरुले जोड दिनुभयो ।
सांसदलाई मर्यादित बनाउने दायित्व भएका सांसदहरूबाट नै त्यसको उलङ्घन भइरहेको भन्दै सदनमा आफ्नो कुरा राख्ने र ध्यानाकर्षण गराउने कुरालाई मर्यादित बनाउन सांसदहरुले सदनमा आग्रह समेत गर्नुभयो ।
सांसदहरुले विना योजना ल्याइएका विकासका योजनाहरूको काम प्रभावकारी बन्न नसकेको, मुग्लीन सडक लगायत देशका विभिन्न भागमा भत्किएको पुल समयमा मर्मत नहुँदा यात्रुहरू समस्या खेप्न बाध्य भइरहेको विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
लोकसेवामा दरखास्त दिएका उम्मेदवारको डाटा हराएको र डाटा सुरक्षित राख्न रिकभर गराउन नसकेको, नागरिकताको समस्या समयमा नै समाधान नहुँदा जन्मसिद्ध नागरिकका सन्तान नागरिकता विहीन बन्नु परिरहेको लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उपत्यका भित्रका सडक विभिन्न बाहानामा भत्काउने र अलपत्र पार्ने गरेको भन्दै तार भुसिमगत गर्ने, खानेपानी पाइप विच्छ्याउने, ढल खन्ने नाममा भतकाइएका सडक वर्षा अघि नै मर्मत गरिसक्ने गरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्