टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिकामा मोटर साइकल र टिप्पर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार हिजो बेलुका लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु १ क २६१४ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका ३ हर्दिनेटा बस्ने अन्दाजी ३० वर्षको जीवन पन्त रहेका छन् ।
मृतक पन्त ठक्करबाट घाइते भई उपचारको लागि लुम्बिनी प्रदेश अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा निधन भएको हो । टिप्परका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला पहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्