तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज आज बस्दै छ ।

आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डा तय गर्न च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेकाे हाे । एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखी सुरु हुँदै छ ।

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button