तपाईँ सुन्दै हुनुहुन्छः

लार्केमा फेला परेको दवाडीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगियो

गोरखा । चुमनुबी गाउँपालिकाको लार्के जाने क्रममा मृत्यु भएका २० बर्षीय युवक प्रकाश दवाडीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

आइतबार दिउँसो ३ः०० बजे डायनेष्टी एयरको हेलिकप्टरमार्फत शव काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

धादिङ निलकण्ठ नगरपालिका–११ घर भएका उनी बहराल एडभेन्चर प्रालिबाट भरियाका रुपमा टोली लिएर लार्के गएका थिए । खराब मौसमका कारण बिरामी परेका उनको समयमै उद्धार हुन नसकेपछि ज्यान गएको हो ।

शनिवार मृत्यु भएका दवाडीको शव सोही दिन सामागाउँ ल्याएर राखिएको थियो । आइतबार काठमाडौँको शिक्षण अस्पतालमा लगिएको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button