तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा लुगा फुकालेर विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर विरोध जनाउनुभएको छ । सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएको थियो । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाउनुभयो ।

सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गर्नुभएको थियो । तर सभामुख घिमिरेले उहाँलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भन्नुभएको थियो ।

तर सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाउनुभएको हो । सांसद सिंहले संसद्को मर्यादा विपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० अनुसार पटक पटक चेतावनी दिनुभएपछि सांसद सिंह आफ्नो स्थानमा बस्नुभएको थियो ।

आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद अच्युतप्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यास विपरीत रहेको धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button