तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल सुरु भएको छ ।

छलफलमा सांसद्हरुले आगामी बजेटमा रोजगारी सिर्जना गर्ने,सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, कृषि क्षेत्रलाई प्राथमिकता दिने र महिलाहरूलाई आर्थिकरुपमा सबल बनाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाको हिजोको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफलका लागि प्रस्ताव पेश गर्नुभएको थियो।

बैठकमा सांसद्हरुले बोल्नेक्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button