गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त गरेको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले देवकोटालाई गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । गोरखाको पालुङटार वडा नं. ३ घर भएका देवकोटाले कोरियाबाट जियोलोजीमा विद्यावारिधि गर्नुभएको छ ।
उहाँसँग कोरियामा विपद् व्यवस्थापनका क्षेत्र,नेसनल डिजास्टर म्यानेजमेन्ट इन्स्टिच्युट (एनडीएमआई) मा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा काम गरेको अनुभव छ ।
मुख्यमन्त्री नै अध्यक्ष हुने प्रदेश नीति तथा योजना आयोगका अन्य सदस्यहरूमा भने नियुक्त गर्न बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्