तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

अर्घाखाँची। अर्घाखाँची जिल्लाको शितगंगामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।मकै छर्ने क्रममा शितगंगा नगरपालिका वडा नं. ४ मा ट्याक्टर दुर्घटना भएको हो ।

शितगंगा नगरपालिका वडा नं. ४ कोप्चेवास बस्ने ३८ वर्षीय राजु नेपाली भनिने मान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर ४ स्थित उमकला नेपालीको वारि जोत्ने क्रममा लु. ४ त ९४१८ नम्बरको ट्र्याक्टरले च्यापिन गई नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button