तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौं सारिएको जानकारी दिनुभयो ।

उहाँले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौंमा सारिएको बताउनुभयो ।

उहाँका अनुसार बैठक यही वैशाख २८–३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ । यसअघि झापामा बस्ने भनिएको बैठक यही वैशाख २९ देखि ३१ सम्म तोकिएको थियो ।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नका लागि यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button