तपाईँ सुन्दै हुनुहुन्छः

सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भुटानी शरणार्थी नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो । उहाँलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button