तपाईँ सुन्दै हुनुहुन्छः

बुद्ध उपदेशको महत्त्व झनै बढेको छ : अध्यक्ष नेपाल

रुपन्देही । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढ्दै गएको अशान्तिका कारण बुद्धको उपदेशको महत्त्व झनै बढेको बताउनुभएको छ ।

साउथ एसिया फाउण्डेशनले लुम्बिनीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले बुद्धको विचार र सन्देश मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्ध मार्गीहरू आउने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

उहाँले बुद्धको जन्मस्थल नेपाल भएको प्रमाणिक तथ्य रहँदा पनि कतिपय देशमा भ्रम फैलाइएकाले त्यस्ता कुराहरूलाई चिर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी विकास कोषसँग सहकार्य गरी साउथ एसिया फाउण्डेशनले लुम्बिनीमा साउन्ड एण्ड लाइट परियोजनाका बारेमा सेमिनार गरेको हो ।

कार्यक्रममा नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, पूर्व राजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्याय लगायतले लुम्बिनीको विकासको योजनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

शुक्रबार शुरु भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तीन दिनको लुम्बिनी बसाइले लुम्बिनीको महत्त्वबारे थप बुझ्न पाएको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button