तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन लिग: एनआरटी र एपीएफ बीचको खेल बराबरी

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा न्यु रोड टिम एनआरटी र सशस्त्र विभागीय क्लब एपीएफले बराबरी खेलेका छन् ।

एनआरटीले लिएको अग्रतालाई खेलको अन्त्यसम्म बचाउन नसक्दा बराबरीमा रोकिएको छ । एनआरटीका लागि लालुनजामा तथा एपीएफका अडामा डौम्बियाले गोल गरेका थिए । एपीएफले थपिएको समयको अन्तिममा बराबरी गोल गरेको थियो ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको चौधौँ चरणको खेलमा एनआरटी एपीएफसँग १–१ गोल बराबरी रोकिएसँगै अङ्क बाँड्न बाध्य भयो ।

बराबरीसँगै एनआरटी १४ खेलमा १७ अङ्क नवौं स्थानमा उक्लेको छ । एपीएफको समान खेलबाट १९ अङ्कसहित तालिकाको सातौँ स्थानमा यथावत् रहेको छ ।

अर्को खेलमा मच्छिन्द्र क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको १४ औँ चरणको खेलमा मच्छिन्द्रले सङ्कटालाई ३–१ गोलले पराजित गरेको छ ।

जितसँगै मच्छिन्द्र एकै पटक तीन स्थान फड्को मार्दै पाँचौँ स्थानमा उक्लिएको छ । मच्छिन्द्रको जितका लागि देवेन्द्र तामाङ, अफिज ओलाओलेले र विमल घर्तीमगरले एक एक गोल गरेका थिए । त्यस्तै सङ्कटाका लागि सान्त्वना गोल जुनियर एनकुनेले गरेका थिए ।

जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा रहेको जावलाखेल भन्दा तीन अङ्कले पछाडि रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button