तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेको पक्षमा ३५, विपक्षमा २२ र तटस्थमा २ मत परेको थियो । त्यसअघि प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले यसअघिका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताउनुभयो । जनअपेक्षा पूरा गरी सरकारप्रति सकारात्मक भावना विकास गराउनेतर्फ ध्यान केन्द्रित गर्ने पाण्डेले बताउनुभयो ।

प्रदेशवासीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सहयोग गर्ने तथा प्रदेशको समुन्नतिको लागि विगतका सरकारहरूले थालनी गरेका आयोजना तथा कार्यक्रम समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button