सुनवलको गार्मेन्ट उद्योगमा आगलागी, ८० लाख बराबरको क्षति भएको अनुमान

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलस्थित वडा नम्बर ५ हर्दियामा रहेको एक गार्मेन्ट उद्योगमा आगलागी हुँदा करिब ८० लाख बराबरको क्षति भएको जनाइएको छ ।
बिहान करिब ४ बजे्तिर बसन्त क्षेत्रीले सञ्चालन गरेको टिन र इट्टाले बनेको बुद्ध गार्मेन्टमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
रामग्राम र बर्दघाट नगरपालिकाको दमकलले इलाका प्रहरी कार्यालय सुनवल र स्थानीयको सहयोगमा २ घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति भने नभएको तर गार्मेन्ट रहेको घर पूर्ण रूपमा क्षति हुनुका साथै उद्योगमा रहेका रोल कपडा, तयारी कपडा, सिलाइ मेशिन नष्ट हुनुका साथै फर्निचर र नजिकै रहेको दुईवटा पक्की घरमा समेत क्षति भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।
बिद्युतको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्